• Friday 16th of October 2026

तान्त्रिकको सल्लाहमा बच्चा जन्माउने इच्छा पूरा गर्न जिउँदो कुखुरा निल्न खोज्दा गयो ज्यान


  • धनकुटा खबर
  • .

एक व्यक्तिले तान्त्रिकको सल्लाहमा बच्चा जन्माउने इच्छा पूरा गर्न जिउँदो कुखुरा निल्न खोज्दा ज्यान गएको छ।

३५ वर्षीय आनन्दले आफ्नो प्रजनन क्षमता बढाउन जीवित चल्ला निल्न खोज्दा ज्यान गएको हो। चल्ला श्वासनलीमा अड्किएर उनको मृ’त्यु भएको बताइएको छ। आनन्द र उनकी श्रीमती बिहेको वर्षौं भैसक्दा पनि आमाबाबु बन्न सकेका थिएन्।

त्यसपछि बाबु बन्ने आशामा उनीहरु एक तान्त्रिककहाँ गएका थिए । नुहाएपछि ढलेका आनन्दलाई अस्पताल लगिएको थियो। तर चिकित्सकले बचाउन सकेनन्। शव परीक्षणमा चल्ला भेटिएपछि मृत्युको कारण पत्ता लागेको हो।

उपचारका संलग्न चिकित्सकले भनेका छन्, ‘मैले यस्तो बिरामी १५ हजार शव परीक्षणमा पहिलो पटक भेटे।’ घटना भारतको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖