• Friday 16th of October 2026

सार्वजनिक बिदा दिएर अस्पताल उद्घाटन


  • धनकुटा खबर
  • .

बागलुङको ढोरपाटन नगरपालिकामा निर्मित अस्पताल शुक्रबार पालिकाभरि सार्वजनिक बिदा दिएर उद्घाटन गरिएको छ।

नगरपालिकाभरि सार्वजनिक बिदा दिएर ५० शय्याको अस्पताल उद्घाटन गरिएको हो। अस्पतालको उद्घाटन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका हुन्।

नगरकार्यपालिकाको मंसिर १८ गते बसेको बैठकको निर्णय अनुसार अस्पताल उद्घाटन गर्न पालिकाभरि सम्पूर्ण सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था र गैरसरकारी कार्यालयलाई स्थानीय सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवी घिमिरेले बताए।
गण्डकी सरकारले बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नती गरेर बुर्तिबाङ अस्पताल बनाएको थियो।

नगरपालिकाको कार्यबहाक प्रमुख धनबहादुर कायत कल्याणले स्थानीय सरकारले कानुन अनुसार नै स्थानीय बिदा दिइएको बताए।

‘अस्पताल उद्घाटन जस्तो ऐतिहासिक दिन सार्वजनिक बिदा दिन सकिन्छ। हामीले आज बिदा दिएर अस्पताल उद्घाटन गर्‍यौं,’ उनले भने, ‘हामीले कहिलेकाहीँ अरू बिदाका दिन पनि कार्यालय खुला राखेर काम गरेका छौं।’

अस्पताल उद्घाटन भएसँगै ढोरपाटनका बासिन्दालाई स्वास्थ्य सेवामा पहुँच पुग्ने उनले बताए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖