• Friday 16th of October 2026

देब्रे खुट्टा भाँचिएकी वृद्धाको दाहिने खुट्टाको अप्रेशन भएपछि डाक्टर फरार


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारतमा देब्रे खुट्टा भाँचिएका विरामीको दाहिने खुट्टाको अप्रेशन गरेर एक जना डाक्टर फरार भएका छन्। यो घट्ना उत्तर प्रदेश राज्यको सुल्तानपुरस्थित अस्पतालको हो।

त्यहाँका हार्थोपेडिक विशेषज्ञ पीके पाण्डेयले चरम लापरबाही गरी एक जनाको वृद्धाको भाँचिएको खुट्टाको शल्यक्रिया गर्नुको सट्टा अर्को खुट्टाको शल्यक्रिया गरेको घट्ना वाहिर आएको छ।

भुइँलादेवी नाम गरेकी एक जना वृद्धा बायाँ खुट्टा भाँचिएपछि बिहीबार उपचारका लागि अस्पताल पुगेकी थिइन्। चिकित्सकले आवश्यक परीक्षणपछि अप्रेसनको तयारी गरे। अप्रेसनपछि महिलालाई बाहिर ल्याउँदा परिवारजन छक्क परे।

किनकि बायाँ खुट्टा भाँचिएर अस्पताल ल्याइएकी भुइँलादेवीको दायाँ खुट्टाको अप्रेसन गरिएको थियो। भुइँलादेवीका छोरा सुरेश प्रजापतिकाअनुसार बायाँ खुट्टा भाँचिएको थियो तर, डाक्टरले दायाँ खुट्टाको अप्रेसन गरिदिएका थिए।

परिवारजनले यसबारे सोधपुछ गर्न थालेपछि भुइँलादेवीलाई फेरि अप्रेसनका लागि लगिएको र बायाँ खुट्टाको अप्रेसन गरिएको भारतीय अखबार आजतकले जनाएको छ। अप्रेसन गर्ने चिकित्सक पाण्डेय सम्पर्कविहीन भएका छन। अस्पताल प्रशासनले भने चिकित्सकको लापरबाही नभएको दाबी गरेको छ।

अस्पताल सञ्चालक डा. आशुतोष श्रीवास्तवकाअनुसार बिरामीको बायाँ खुट्टाको हड्डी भाँचिएको थियो, जसको अप्रेसन गरिएको छ। दायाँ खुट्टामा रगत जमेका कारण त्यसलाई निकालिएको भन्दै उनले गलत उपचार भएको आरोपको खण्डन गरेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖