• Friday 16th of October 2026

कारभित्रै मृत भेटिएका प्रहरीलाई गोली हानेको पुष्टि, इन्सपेक्टर नै शंकाको घेरामा


  • धनकुटा खबर
  • .

बारा । बारामा पुस ६ गते कारभित्रै मृत फेला परेका राजकुमार रुम्बाको गोली हानी हत्या गरिएको पुष्टि भएको छ ।

सिमरा विमानस्थलको विमान सुरक्षा प्रहरी गार्ड कार्यालयमा कार्यरत रुम्बाको पोष्टमार्टम रिपोर्ट अनुसार टाउकोमा गोली प्रहार भएको हो ।

जितपुर सिमरा उपमहानगरपालिका–१, सेन्डिगेट घर भएका रुम्बाको शव जितपुरसिमरा उपमहानगरपालिका–११, अमाडरस्थित पुलछेउमा निजी कारभित्र फेला परेको थियो । मृतकको टाउकोमा चोट थियो ।

घटनाको अनुसन्धान भने अझै निष्कर्षमा पुगेको छैन । स्रोतका अनुसार घटनामा शंकास्पद भूमिका देखिए प्रहरी राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टर श्रीकान्त तिवारी नियन्त्रणमा छन् ।

उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । अन्य केही शंकास्पदलाई पनि पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖