• Friday 16th of October 2026

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ५०० रुपैयाँ घटेको हो ।

जसअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

यस्तै चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८१५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖