• Friday 16th of October 2026

घुम्न जाने भनेर किशोरीलाई ललाई फकाई डेरामा लगेर काठमाडौँको सेतोपुलमा सामूहिक बलात्कार, दुई जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको सेतोपुलमा सामूहिक बलात्कार भएको छ । १७ वर्षीया किशोरीलाई दुई जना किशोरले डेरामा लगेर बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ घर भएर काठमाडौँ महानगरपालिका–३० स्थित सेतोपुलमा बस्ने सम्राट् बस्नेत र सरोज महतरा छन् ।

पुस ९ मा आरोपीहरूले घुम्न जाने भनेर किशोरीलाई ललाई फकाई डेरामा लगेर बलात्कार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । उनीहरु शनिवार दिउँसो पक्राउ परेका हुन् ।

Cement
घटनाबारे पीडितले प्रहरी वृत्त मालिगाउँमा जाहेरी दिएकी छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖