• Friday 16th of October 2026

युवतीका कारण प्रहरीको हत्या, हत्याराकै घरमा भेटियो मृतकका गहना


  • धनकुटा खबर
  • .

काठमाडौं । बारामा प्रहरी कर्मचारी हत्याको प्रहरीले अनुसन्धान सकेर हत्यामा संलग्नलाई पक्राउ गरेको छ ।

गत शनिबार प्रहरीका कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्या भएको थियो। बारा प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेका अभियुक्तहरू सार्वजनिक गर्न लागेको छ ।

स्रोतका अनुसार रुम्बाको एक महिलासँग सम्बन्ध रहेको र हत्याको कारण त्यही देखिएको छ । उनको गोली हानी हत्या भएको थियो। हत्या गर्नेकै घरबाट रुम्बाका सिक्रि लगायत गहना प्रहरीले फेला पारेको थियो।

गत ६ पुसमा जितपुरसिमरा उपमहानगरपालिका–१, सेन्डिगेट घर भएका रुम्बाको शव जितपुरसिमरा उपमहानगरपालिका–११, अमाडरस्थित पुलछेउमा निजी कारभित्र फेला परेको थियो।

रुम्बा सिमरा विमानस्थलको विमान सुरक्षा प्रहरी गार्ड कार्यालयमा कार्यरत थिए।

राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टर श्रीकान्त तिवारीको बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कारमा रुम्बाको शव भेटिएको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖