• Friday 16th of October 2026

भक्तपुरका विभिन्न स्थानमा आज १० घन्टा विद्युत अवरूद्ध हुने


  • धनकुटा खबर
  • .

भक्तपुरका विभिन्न स्थानमा सोमबार १० घन्टा विद्युत अवरूद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै थिमी वितरण केन्द्रको सल्लाघारी फिडर अन्तर्गत पर्ने विभिन्न स्थानहरूमा सोमबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुने जानकारी दिएको हो।

प्राधिकरणका अनुसार कौशलटार चोक हुँदै बालकोट मेरीगोल्ड स्कुल क्षेत्र, दुर्गा मन्दिर, रेडक्रस, बृहस्पतिचोक, बालकोट चोक, धारापाती, गोदावरी खोला, महेन्द्र शान्ति स्कुल, फोर्सपार्क लगायतका क्षेत्रमा १० घन्टा विद्युत अवरूद्ध हुनेछ।

ती क्षेत्रमा जीर्ण कन्डक्टर बदली गर्नका लागि फिडर सटडाउन गर्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

निर्धारित काम तोकिएको समयअघि नै सम्पन्न भए विद्युत सेवा ५ बजेअघि नै सुरू हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖