• Friday 16th of October 2026

इटहरीमा भेटियो सङ्कास्पद बस्तु, प्रेसर कुकर बमको आशङ्का


  • धनकुटा खबर
  • .

इटहरी : इटहरीमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।

सुनसरी प्रहरीकाअनुसार इटहरी र धरानसहित तीन ठाउँमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।

सुनसरी प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाका अनुसार इटहरी उपमहानगरपालिका कार्यालयको गेट नजिकै, सुनसरी र मोरङको सिमानामा पर्ने बूढी खोलाको पुल नजिकै र धरानको भोटे पुल नजिकै शंकास्पद बस्तु फेला परेको प्रहरीलाई सूचना आएको थियो ।

एसपी तिम्सिनाले भने, ‘अहिले नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गर्ने तयारी गरिरहेको छ ।’

बम फेला परेकोबारे प्रहरीलाई मोबाइलमा म्यासेज आएपछि उक्त स्थानमा विशेष सावधानी अपनाएको छ ।-स्रोत :टाकुरा न्यूज

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖