• Friday 16th of October 2026

युवतीले घरको छतबाट हाम फालिन्


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीमा एक युवतीले घरको छतबाट हाम फालेकी छन् ।

लम्कीचुहा नगरपालिका–६ बस्ने भगवती चौधरीको १७ वर्षीया छोरी मंगलाले सोमबार साँझ साढे ८ बजे घरको छतबाट हाम फालेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले आमासँग विवाद भएपछि चौधरीले छतबाट हाम फालेको पाइएको बताए ।

घाइते अवस्थामा उद्दार गरिएकी मंगलाको कोहलपुुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖