• Friday 16th of October 2026

परीक्षा बिग्रिएपछि तीन जना किशोरीले एकै साथ गरे विष सेवन


  • धनकुटा खबर
  • .

महोत्तरीमा परीक्षा बिग्रिएपछि तीन जना किशोरीले एकै साथ विष सेवन गरेका छन्।

महोत्तरीको खैरमारास्थित निर्मल लामा बहु प्राविधिक शिक्षालयमा अध्ययनरत तीन किशोरीले परीक्षा बिग्रिएपछि एकै साथ विष सेवन गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीका अनुसार विष सेवन गर्ने मध्ये २ जना जंगल क्षेत्रमा अचेत अवस्थामा फेला परेका छन् । एक जना फेला परेकी छैनन् ।

बर्दिबास नगरपालिका–१० निर्मल लामा बहु प्राविधिक शिक्षालयको जियोमेट्रिक इन्जिनियर प्रथम वर्षमा अध्ययनरत तीन छात्रा सम्पर्कविहीन भएपछि खोजतलास गर्दा विष सेवन गरी अचेत अवस्थामा दुई जना फेला परेको र एक जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।परीक्षा बिग्रिएपछि तीनै जना साथीहरू एकै साथ विष सेवन गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको पोखरेलले बताए ।

उनले भने, ‘फेला परेका दुई जनाको अवस्था सामान्य छ, दुवै जनालाई बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा राखिएको छ । तीन जना मध्ये बढी मात्रामा विष सेवन गर्ने छात्राको खोजी भइरहेको छ ।’विष सेवन गरेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖