नुवाकोट, पुस १६ – नुवाकोटको तादी गाउँपालिका वडा नम्बर २ सल्लाघारीमा मंगलबार दिउँसो ४ बजेको समयमा बदेलको आक्रमणबाट तीनजना पैदलयात्री सख्त घाइते भएका छन्।
स्थानीय सहदेब तामाङ, बुद्ध तामाङ, र मुकेश कार्कीलाई जंगलको बाटो हिँड्दै गर्दा बदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
घाइतेहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
