• Friday 16th of October 2026

घाँस काट्न गएकी महिलाको ज्यान लिने नरभंक्षी बाघ नियन्त्रणमा


  • धनकुटा खबर
  • .

मकवानपुर । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने नरभंक्षी बाघलाई नियन्त्रणमा लिइएको छ।

मंगलबार साँझ चार वटा हात्ती र चितवन तथा पर्सा राष्ट्रिय निकुञ्चको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो। 

मनहरी–५ वसन्तपुर गुम्बाटोलकी ७२ वर्षीया कान्छीमाया रुम्बालाई आइतबार बाघले आक्रमण गरी ज्यान लिएको थियो। बाघले सोमबार बिहान वसन्तपुरका सूर्यबहादुर मोक्तानको खोरमा पसेर सात वटा बाख्रा मारेको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖