• Friday 16th of October 2026

तोलामा १४ सय रूपैयाँले बढ्यो सुनको भाउ


  • धनकुटा खबर
  • .

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य मङ्गलबारको तुलनामा तोलामा १ हजार ४ सय रूपैयाँले बढेको हो ।

आज सुन तोलाको १ लाख ५१ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेर तोलाको १ हजार ७ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖