• Friday 16th of October 2026

दिनदहाडै लाखौँको चोरी


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१२ भोटेबाहालमा मंगलबार दिउँसो चोरी भएको छ ।

सो स्थानमा डेरा गरी बस्ने म्याग्दी घर भएकी ८१ वर्षीया पदम कुमारी तुलाजनको कोठाबाट लाखौँ रुपैयाँको चोरी भएको हो ।

प्रहरीका अनुसार ९ तोला सुन र नगद ८० हजार रुपैयाँ गरी करिब १४ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖