• Friday 16th of October 2026

काठमाडौं र ललितपुरमा दुई वटा शव फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं र ललितपुरमा दुई वटा शव फेला परेका छन् ।

दोलखा घर भएका ६६ वर्षीय तिलकबहादुर श्रेष्ठ बुढानीलकण्ठ नगरपालिका-५ टुसालमा मृत अवस्थामा भेटिएको हो । उनी टुसालस्थित आफ्नै निर्माणाधीन घरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी बर्दियाका १८ वर्षीया सिम्रन थारू मृत अवस्थामा भेटिएका छन् । ललितपुर महानगरपालिका-४ धोवीघाटमा बस्दै आएकी सिम्रन आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी हुन् ।

मृत अवस्थामा भेटिएका दुवै जनालाई अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖