• Friday 16th of October 2026

आशा मृत्यु प्रकरण: बोगटी नियन्त्रणमा, थियो प्रेम सम्बन्ध


  • धनकुटा खबर
  • .

धनगढी: डडेल्धुराको आलिताल गाउँपालिका–२ की २२ वर्षीया आशा मल्लको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान जारी राखेको छ। आशा गत शुक्रबार आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार घटनामा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले हालसम्मको अनुसन्धानका क्रममा मृतकको प्रेमीसमेत रहेका आलिताल गाउँपालिका–१ का ३५ वर्षीय हेमप्रकाश बोगटीलाई नियन्त्रणमा लिएको छ। प्रहरी स्रोतका अनुसार मृतक मल्ल र बोगटी एक वर्षदेखि प्रेम सम्बन्धमा थिए। बोगटी विवाहित पुरुष भएको र मल्लले मृत्यु गर्नुअघि फेसबुकको स्टोरीमा “बुढाबुढी” लेख्दै तस्बिर सार्वजनिक गरेकी थिइन्।

प्रारम्भिक अनुसन्धानमा मल्लले प्रेममा धोका पाएको कारण आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ। यद्यपि, घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ।

प्रहरीले अनुसन्धानका लागि मृतकको परिवार, साथीभाई, र आरोपीसँग थप बयान लिने प्रक्रिया अघि बढाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖