• Friday 16th of October 2026

सशस्त्र प्रहरीमा १ हजार १७९ जनाका लागि जागिर खुल्याे


  • धनकुटा खबर
  • .

काठमाडौ । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) मा १ हजार १ सय ७९ जनाका लागि जागिर खुलेकाे छ ।

सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक, सशस्त्र प्रहरी जवान र परिचर पदमा नयाँ भर्ना खोलिएको सशस्त्र प्रहरी बलले शुक्रबार सूचनामार्फत जानकारी दिएकाे छ ।

सशस्त्र प्रहरी निरीक्षक पदमा खुला ३६ सहित ६८ जना, सहायक निरीक्षक पदमा खुला ४५ सहित ८३ जना, सशस्त्र प्रहरी जवान पदमा खुला ५०७ सहित ९४१ र परिचर पदमा खुला ४७ सहित ८७ जनाका लागि भर्ना खुलेको हो ।

दरखास्त दिने म्याद पुस २४ गतेदेखि माघ २४ गतेसम्म छ । अनलाइनमार्फत दरखास्त फारम बुझाउन सकिनेछ । दोब्बर दस्तुर तिरेर माघ २८ गतेसम्म फारम बुझाउन सकिने सशस्त्रले जनाएकाे छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖