• Friday 16th of October 2026

भक्तपुरमा सवारी दुर्घटना : अस्ट्रेलिया बस्दै आएका उनीहरु केही दिनमा फर्कदै थिए, श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं । भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा उनकी पत्नी गम्भीर घाइते भएकी छन्।

झापाको भद्रपुर घर भई भक्तपुरको सानोठिमी धुन्चेपाखा बस्दै आएका ३१ वर्षीय निश्चल राजभण्डारीको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी डुण्डीराज न्यौपानेले जानकारी दिए।

स्कुटरको पछाडि सवार उनकी पत्नी २८ वर्षीया पूजा श्रेष्ठ दुर्घटनामा गम्भीर घाइते भएकी छन्। उनको भक्तपुरमा रहेको इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ।

गएको मंगलबार राति भक्तपुरकै मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमीमा भण्डारीले चलाएको बा.प्र.०२-०२८ प ६६१० नम्बरको स्कुटर दुर्घटनामा परेको थियो।

उक्त दुर्घटनामा पतिपत्नी नै गम्भीर घाइते भएका थिए। ‘घाइते भण्डारीको उपचारको क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो,’ डीएसपी न्यौपानेले भने, ‘उनको शव पोस्टमार्टमको लागि शुक्रबार बिहान टिचिङ अस्पताल लगिएको छ। पूजाको भक्तपुरकै इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ।’

भण्डारी दम्पती सवार स्कुटरलाई कुकुरले बाटो काट्दा दुर्घटना भएको स्थानीयले बताएका छन्। अस्ट्रेलिया जानुपूर्व बजार गइ सामान किनेर कोठामा फर्किंदै गर्दा उनीहरु दुर्घटनामा परेका आफन्तको भनाई छ। मृतक युवक झापाको भद्रपुर नगरपालिकाका पूर्व उपप्रमुख चन्द्रा श्रेष्ठका छोरा हुन्।

उनीहरु अध्ययनका लागि अस्ट्रेलियामा बस्दै आएका थिए। केही दिनअघि मात्रै मूलघर भद्रपुर गएका उनीहरु फेरि अस्ट्रेलिया जानको लागि काठमाडौँ आएका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖