• Friday 16th of October 2026

बन्दीपुर केबलकारको डिव्वा चुँड्यो


  • धनकुटा खबर
  • .

तनहुँ । बन्दीपुर केबलकारकाे एउटा डिव्वा चुँडेकाे छ । केबलकारकाे २ नम्बर पाेलनिरकाे भागमा लिगनै भाँचिएर डिब्बा खसेको स्थानीय प्रतक्ष्यदर्शीले बताएका छन् । लिग भाँचिएर तार तल लत्रीएर एउटा डिब्बा भुइँ नजिकै झुन्डिन पुगेको थियो ।

उक्त डिब्बा सन्जाेगले खाली रहेको हुँदा कुनै मानवीय लगायतका अन्य क्षति भने हुन पाएन । लिग भाँचिएर डिब्बा लत्रिँदा ठुलो आवाज आएकाे र स्थानीयहरू के भएछ भनेर बाहिर निस्कँदा केवलकारमा त्यस्तो भएको देखेका थिए ।

यस सम्बन्धमा केवलकारमा सम्पर्क गर्दा केही समस्या आएपछी मिस्त्रीलाई पाेलमा चढाएर काम गरिरहेको बताइएको छ ।

काम मर्मत गर्दाकाे बेलामा तार नुगेकाे देखिएको हाे , चुँडेकाे या अन्य त्यस्तो ठुलो समस्या केही हाेइन । यता केवलकार मर्मत सुधारका लागि भन्दै दुई दिन केवलकार बन्द गरिएको सुचना प्रकाशित गरिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖