काठमाडौँ । काठमाडौँको अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबिखोलामा एउटा कार खसेको छ । बिहान ६ बजे भएको यो दुर्घटनामा चालक सकुसल रहेका छन् । B AA 8714 नम्बरको हुन्डेआइ कार दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुलन सकेको छैन ।