• Friday 16th of October 2026

दिपाले १५ वर्षको कलिलो उमेरमै जन्माईन जुम्ल्याहा बच्चा


  • धनकुटा खबर
  • .

बैतडीमा एक महिलाले १५ बर्षमै दुई छोरालाई जन्मदिएकी छन्।
जिल्लाको पाटन नगरपालिका(९ किचार बस्ने दिपा लावडले १५ बर्षकै उमेरमा दुई जुम्ल्याहा छोरालाई जन्मदिएकी हुन्। १४ बर्षको उमेरमा बाल बिवाह गरेकी दिपाले कलिलो उमेरमै बच्चा पाएकी हुन्। पढ्ने तथा खेल्ने उमेरमै उनी अब बच्चा हुर्काउने भएकी छन्। डडेल्धुरा अस्पतालमा उनले दुइ बच्चा पाएकी हुन्। उनका श्रीमान १८ वर्षका भए। उनले नेपाली नागरिकता अब पाउने छन्।

आर्थिक अवस्था कमजोर
लावडको आर्थिक अवस्था नाजुक रहेको पाटन नगरपालिका-९ मा कार्यरत सामुदायिक मनोसामाजिक कार्यकर्ता लक्ष्मी बिष्टले बताइन्। काठमाडौं महानगरपालिका–१४ कलंकी घर भएका समाजसेवी सहदेव प्रशाद सापकोटाले लावडको परिवारलाई न्यानो लुगा, खाद्यान्नका सामाग्री र नगद १० हजार रुपैया सहयोग गरेका छन्। संगम पव्लीकेशनका प्रबन्ध निर्देशक समेत रहेका सापकोटाले सुदूरपश्चिमका दर्जनौ परिवारलाई सहयोग उपलब्ध गराइसकेका छन्।

पाटन नगरपालिका-९ का सामुदायिक मनोसामाजिक कार्यकर्ता लक्ष्मी बिष्ट, वडा नं ८ का मनोसामाजिक कार्यकर्ता भुवि बिष्ट र जिल्ला अस्पताल बैतडीको एकद्धार संकट व्यवस्थापन केन्द्रका मामला व्यवस्थापक माया भट्ट सहितको टोलीले सो रकम सहित न्यानो लुगा र खाद्यान्नको सामान शनिबार दिपाको घरमै पुगेर हस्तान्त्रण गरेका हुन्।

यसअघि पनि सापकोटा आफुले सहयोग उपलब्ध गराएको परिवारको अवस्था बुझ्न बैतडी पुगेका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖