• Friday 16th of October 2026

बढ्यो काठमाडौंको न्यूनतम तापक्रम, दिनभर बदली रहने


  • धनकुटा खबर
  • .

काठमाडौंको न्यूनतम तापक्रम सोमबार पनि बढेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ६ बजेको मापन अनुसार काठमाडौंको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियस छ।

आइतबार जस्तै काठमाडौं आज बिहान पनि बादलले ढाकिएको छ। बदलीको अवस्था भएकै कारण न्यूनतम तापक्रम केही बढेको मौसमविद् प्रतिभा मानन्धर बताउँछिन्।

काठमाडौंको आकाश बादलले ढाकिएका कारण बिहान कम चिसो महशुस गरिएको छ।

आइतबार काठमाडौंको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस मापन भएको थियो। शनिबार ५.९ डिग्री सेल्सियस मापन भएको थियो।
आज दिनभरि पनि काठमाडौंको मौसम बदलीकै अवस्था रहने मौसमविद मानन्धरले जानकारी दिइन्।

दिउँसोको हकमा घाम लाग्न नपाउँदा र बदली हुँदा बढी चिसो हुने उनले बताइन्। सोमबार काठमाडौंको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।

मंगलबार भने छिटपुट वर्षाको समेत सम्भावना छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖