• Friday 16th of October 2026

विद्युतीय स्कुटी विस्फोट हुँदा ११ वर्षीया बालिकाको मृत्यु


  • धनकुटा खबर
  • .

एजेन्सी । भारतको मध्य प्रदेशको रतलाम लक्ष्मणपुरमा विद्युतीय स्कुटी चार्जिङ गर्ने क्रममा भएको विस्फोटले दुःखद घटना निम्त्याएको छ। यस घटनामा ११ वर्षीया बालिका अन्तरा चौधरीको ज्यान गएको छ भने दुई अन्य व्यक्ति घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार भगवती मौर्यले आफ्नो विद्युतीय स्कुटी चार्जमा राखेका बेला अचानक आगोको लप्का निस्किएको थियो। आगलागीका कारण नजिकै पार्किङ गरिएको एक्टिभा स्कुटीमा पनि आगो सल्कियो। आगलागीपछि दुवै स्कुटी विस्फोट हुँदा बालिकाको घटनास्थलमै मृत्यु भएको थियो।

यस घटनाले विद्युतीय सवारी साधनको सुरक्षासम्बन्धी विषयप्रति थप चासो र सतर्कताको आवश्यकता रहेको देखाएको छ। घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖