• Tuesday 3rd of November 2026

बुद्धको विमानको इन्जिनमा समस्या देखिएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं । बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । काठमाडौंबाट भद्रपुरका लागि उडेको उडान नम्बर ९५३, कल साइन–नाइनएन–एजेएस विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएको हो ।

इन्जिनमा समस्या देखिएपछि जहाजलाई पुनः काठमाडौं डाइभर्ट गरेर ११ः१५ बजे त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरिएको बुद्ध एयरले जनाएको छ ।

जहाजलाई कम्पनीको प्राविधिक टिमले चेकजाँच गरिरहेको र यात्रुहरूलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖