काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार नियन्त्रणमा लिएको छ।
घुस लेनदेन भइरहेको सूचनाका आधारमा अख्तियारको टोलीले नगरपालिकाको कार्यालयमा छापा मार्दा घिमिरेबाट ३३ लाख रुपैयाँ घुस रकम बरामद भएको आयोगका एक उच्च अधिकारीले बताएका छन्।
छापाका क्रममा अख्तियारले नगरपालिकाबाट आवश्यक कागजातसमेत बरामद गरेको छ।
नगरपालिकामा छापा मारेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले पुष्टि गरेका छन्।
