मकवानपुर । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार कात्तिक १६ गते बिहान करिब १ः४० बजे मकवानपुरकी १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मकवानपुरकै २६ वर्षीय रामशरण भोम्जनलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका भोम्जनमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बालिकाको पहिचान गोप्य राखिएको छ।
