• Tuesday 3rd of November 2026

सुदूरपश्चिम एमालेमा पहिरो, ४६ सदस्यले बुझाए संयुक्त राजीनामा


  • धनकुटा खबर
  • .

नेकपा (एमाले) कैलालीको गोदावारी नगरकमिटीका सदस्य कल्पनाकुमारी विकसहित ४६ सदस्यहरुले संयुक्त राजीनामा दिएका छन् ।

एमालेमा बस्दा पटक–पटक अपमानित र अपहेलित हुनुपरेको भन्दै उनीहरुले संयुक्त राजीनामा दिएका हुन् । माओवादी पृष्ठभूमिका उनीहरु एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजनपछि उनीहरु एमालेमै बसेकेका थिए ।

तत्कालीन माओवादीले गरेको जनयुद्धलाई इन्कार गर्न नसकिने र अहिलेको गणतन्त्र, संघियता, समावेशिता सबै जनयुद्ध कै जगमा आएको निष्कर्षसहित उनीहरु एमालेबाट बाहिरिएका हुन् ।

एमाले महासचिव शंकर पोखरेल र अन्य केही नेताहरूले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि यहाँभित्र बसिरहन आवश्यक नठानेको उनीहरुले पत्रमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖