• Friday 16th of October 2026

नेवारी खाजा घरमा काम गर्दै आएकी युवती मृत फेला


  • धनकुटा खबर
  • .

रुपन्देही। रुपन्देहीको तिलोत्तमास्थित एक रेस्टुरेन्टमा काम गर्ने युवती आफू सुतेकै कोठामा मृत भेटिएकी छिन्।

गुल्मीको मालिका गाउँपालिका–८ मरभुङ्ग रैथुम टोलकी २० बर्षीया बिमला राना कुमाल तिलोत्तममा नगरपालिका-२ शंकरनगरस्थित नेवारी खाजा घरको कोठामा मृत भेटिएकी हुन् ।

उनले खाजा घरमा काम गर्दै आएकी थिइन् । आफू बस्ने कोठामा झुण्डिएको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मृतक युवती १४ महिनादेखि नेवारी खाजा घरमा काम गर्दै आएकी थिइन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖