• Friday 16th of October 2026

घट्यो काठमाडौंको न्यूनतम तापक्रम


  • धनकुटा खबर
  • .

काठमाडौंको न्यूनतम तापक्रम मंगलबारको तुलनामा केही घटेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.३ डिग्री सेल्सियस मापन भएको छ।
मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको थियो। मंगलबारको तुलनामा काठमाडौंको आकाश केही खुला भएकाले न्यूनतम तापक्रम केही घटेको महाशाखाले जनाएको छ।

बिहानको समयमा काठमाडौंमा सामान्य हुस्सु र कुहिरो लाग्ने तथा दिउँसो मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ।

आज काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाको पूर्वानुमान छ।

एक सातामा कति घटबढ भयो तापक्रमः
गत मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन भएको थियो। ‍त्यसपछि बुधबार ५.७, बिहीबार ५.६, शुक्रबार ५.७, शनिबार ५.९, आइतबार ७.२, सोमबार ८.१ र मंगलबार ७ डिग्री सेल्सियस मापन भएको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖