• Tuesday 3rd of November 2026

सहकारी ठगी प्रकरण: अदालतमा हाजिर भईन् ऋषिकेश पोखरेलकी श्रीमती अन्जला


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला बुधबार अदालतमा हाजिर भएकी छन्। कोइराला सहकारी ठगी प्रकरणमा फरार थिइन्।

मोरङको उमा गौरी सहकारी ठगी प्रकरणमा मुछिएकी अञ्जला लामो समयदेखि फरार रहेकी थिईन् । फरार प्रतिवादी बनाएर उनीविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । अदालत उपस्थित भएसँगै आजबाट उनको थुनछेक बहस सुरु हुनेछ ।

सो सहकारी ठगीमा अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि अञ्जला फरार थिइन्।

सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। वडाध्यक्ष खवास ५ लाख धरौटीमा रिहा भइसकेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖