• Friday 16th of October 2026

खोटाङबाट काठमाडौं आउँदै गरेको टाटा सुमोमाथि साइड नदिएको भन्दै भकुण्डेबेँसीमा गाडी तोडफोड


  • धनकुटा खबर
  • .

काठमाडौं । खोटाङबाट काठमाडौं आउँदै गरेको टाटा सुमोमाथि काभ्रेको भकुण्डेबेँसीबाट केही माथि पात्लेखेत भन्ने ठाउँमा तोडफोड भएको छ । साइड नदिएको निहुँमा तुवाचुङ यातायात प्रालिको बा १ ज ६१७२ नम्बरको टाटा सुमोमा तोडफोड गरिएको हो ।

असोन १० र ११ गतेको अविरल वर्षाका कारण गएको पहिरोले क्षतिग्रस्त वीपी राजमार्ग अहिले साँघुरो छ । विपरित दिशाबाट आउँदै गरेको गाडीलाई साइड नदिएको भन्दै उनीहरुले गाडीमा चारैतिर तोडफोड गरेको भिडियो क्लिपमा देख्न सकिन्छ ।

पछि सुमोका चालकले गाडी भगाएर काभ्रे प्रहरी चौकीसम्म पुर्याएका थिए । गाडी तोडफोड गरेको आरोपमा अहिले काभ्रे प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार भिडियो क्लिपका आधारमा तोडफोड गर्नेलाई पक्राउ गरेर आवश्यक अनुसन्धानका लागि धुलिखेल ल्याइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖