• Friday 16th of October 2026

काठमाडौमा यौनकर्मी महिलालाई छुरा प्रहार गरी भागेका युवक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । २ महिना अघि काठमाडौँको काँडाघारीमा एक युवतीलाई छुरा प्रहार गरेर भागेका दोलखाको शैलुङ गाउँपालिका– ५ का २२ वर्षीय रविन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।

कपन बालुवाखानीस्थित सुकुमबासी बस्तीमा बसेर रत्नपार्क, पुरानो बसपार्क र भोटाहिटी क्षेत्रमा देह व्यापारमा संलग्न २२ वर्षीया युवतीलाई वस्नेतले गत ८ कात्तिकमा छुरा प्रहार गरेका थिए।

प्रहरीका अनुसार शारीरिक सम्बन्ध राखेर पैसा दिन नमानेपछि दुई जनाबीच विवाद भएको थियो। त्यसै क्रममा उनी छुरा प्रहार गरेर युवतीलाई घाईते बनाई भागेका थिए। वस्नेतले पहिलो पटक ती युवतीलाई ७ कात्तिकमा काँडाघारीस्थित आँखा अस्पताल पछाडिको फोहोर फाल्ने ठाउँमा रहेको झाडीमा लगेर शारीरिक सम्पर्क राखे र एक हजार रुपैयाँ दिएका थिए।

भोलिपल्ट फेरि युवतीलाई त्यहीँ बोलाए। युवती गइन्, तर शारीरिक सम्पर्कपछि पैसा दिन आनाकानी गरे। दुवैबीच विवाद भयो। त्यसपछि शरीरका विभिन्न भागमा छुरा प्रहार गरेर भागे। युवतीलाई रगताम्य अवस्थामा स्थानीयले उद्धार गरी वीर अस्पताल पुर्याएका थिए।

घट्नापछि अनुशन्धानमा जुटेको प्रहरीले बस्नेत पहिला सार्वजनिक यातायातको सहचालक र अहिले एक सिमेन्ट डिपोमा भरियाको काम गर्ने गरेको पत्ता लगायो। यसैगरी, युवतीसँग रहेको मोबाइल नम्बरका आधारमा उनी भागेर दोलखा पुगेको पत्ता लागेको थियो।

पक्राउ परेका वस्नेत अहिले प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा छन्। उनी विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी परेको छ। जाहेरीको अध्ययन भइरहेको कारण कुन मुद्दा चलाउने भन्ने कुरा अध्ययनपछि मात्रै यकिन गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖