• Friday 16th of October 2026

अमेरिकामा कार हिउँमा चिप्लिएर पोखरीमा खस्यो, दुई नेपालीको मृत्यु


  • धनकुटा खबर
  • .

काठमार्डां । अमेरिकाको भर्जिनियामा नेपाली चढेको कार दुर्घटनामा परेको छ ।

स्थानीय समय अनुसार बिहीबार बिहान करिब सात बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खसेको हो ।

सो दुर्घटनामा चालक ५५ वर्षीय कर्ण खड्का र यात्रु २० वर्षीय निश्चल भट्टको मृत्यु भएको छ ।

प्रहरीका अनुसार उनीहरू सवार कार हिउँमा चिप्लिएर पोखरीमा खसेको थियो । दुवै जनाको शव कारभित्र पाइएको बताइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖