• Tuesday 6th of October 2026

अभिनेत्री रश्मिका घाइते हुँदा रोकियो ‘सिकन्दर’ को छायांकन


  • धनकुटा खबर
  • .

भारतीय अभिनेत्री रश्मिका मन्दनाले लगातार सुपरहिट फिल्ममा काम गरिरहेकी छन्। यतिबेला उनी अभिनीत फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा आक्रमक व्यापार गरिरहेको छ।

अहिले उनी सलमान खानको फिल्म ‘सिकन्दर’ मा काम गरिरहेकी छन्। यसैबीच रश्मिका घाइते भएकी छन्। जसका कारण उनको फिल्म ‘सिकन्दर’ को छायांकन पनि रोकिएको छ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार उनलाई जिममा चोट लागेको थियो। अहिले उनी आराम गरिरहेकी छन्।

सलमान खान र रश्मिकाले जनावरी १० मा मुम्बईमा ‘सिकन्दर’ को अन्तिम चरणको छायांकन सुरू गर्ने कार्यक्रम थियो। यो फिल्म आगामी मार्च रिलिज हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖