• Monday 5th of October 2026

च्याम्पियन ट्रफिका लागि न्युजील्याण्डको टिम घोषणा, सुरूवाती खेल पाकिस्तानसँग


  • धनकुटा खबर
  • .

काठमाडौं, २८ पुस । आगामी महिना हुने च्याम्पियन्स ट्रफीका लागि न्युजिल्यान्डको आफनो टोलीको घोषणा भएको छ ।

 

न्युजिल्यान्ड क्रिकेट बोर्डले आइतबार मिचेल स्यान्टनरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । 

फेबुअरी १९ देखि मार्च ५ सम्म पाकिस्तान र युएईमा हुने च्याम्पियन्स ट्रफीमा एकदिवसीय विश्वकप २०२३ को शीर्ष आठ टोलीको सहभागिता रहदैँछ ।

समूह ‘ए’ मा न्युजिल्यान्ड, पाकिस्तान, भारत र बंगलादेश रहेको छने भने न्युजिल्यान्डले फेब्रुअरी १९ मा घरेलु टोली पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने भएको छ ।

 

सो अघि  न्युजिल्यान्डले पाकिस्तान र दक्षिण अफ्रिकाविरुद्ध त्रिकोणात्मक एकदिवसीय शृंखला खेल्नेछ ।

 

न्युजिल्यान्ड टोली
 

मिचेल स्यान्टनर (कप्तान), रचिन रवीन्द्र, केन विलियमसन, माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डिभोन कन्वे, लोकी फर्गुसन, म्याट हेनरी, टम लाथम, ड्यारिल मिचेल, विल ओ’रोर्के, ग्लेन फिलिप्स, बेन सियर्स, नाथन स्मिथ, विल योङ 

 

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖