• Friday 16th of October 2026

दुई जनाको शव फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।

रूपन्देहीको सैनामैना नगरपालिका-१० बेनतेनिस्थित माइतीघरमा बस्दै आएकी २७ वर्षीया मिना क्षेत्री आइतबार सोही घरमा मृत अवस्थामा फेला परेकी छन्।

यस्तै पर्साको वीरगंज महानगरपालिका-३० लालपर्सास्थित सडक छेउको खेतमा जिराभवानी गाउँपालिका-३ बस्ने ६५ वर्षीय जोगिन्द्र महतो धानुक आइतबार मृत अवस्थामा फेला परेका छन्।

प्रहरीले दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖