• Friday 16th of October 2026

माल्टामा सवारी दुर्घटनामा नेपाली महिलाको निधन


  • धनकुटा खबर
  • .

काठमाडौं l युरोपेली मुलुक माल्टामा एक नेपालीको सडक दुर्घटनामा मृत्यु भएको छ। महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ घर भएकी २५ वर्षीया गौरीकुमारी बरालको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । रोजगारीको सिलसिलामा सन् २०२२ डिसेम्बरमा उनी माल्टा गएकी थिइन्।

जनवरी ५ मा सडक दुर्घटनाबाट गम्भीर घाइते उनी उपचारत रहेकोमा शनिबार बिहान मृत्यु भएको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले जानकारी दिए।

मृतकको परिवारसँगको सल्लाह बमोजिम मृतकको शव नेपाल पठाउन एनआरएनए माल्टाले सहजीकरण गरिरहेको उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖