• Friday 16th of October 2026

छात्रामाथि यौन दुर्व्यवहार र सामूहिक बलात्कार : ६४ जनामध्ये २० जना आरोपी पक्राउ


  • धनकुटा खबर
  • .

केरला । केरलाको पठानमथिट्टामा १८ वर्षीया दलित छात्रालाई यौन दुर्व्यवहार र सामूहिक बलात्कार गरेको आरोपमा केरला प्रहरीले ६४ जनामध्ये २० जनालाई पक्राउ गरेको छ ।

यस मामिलामा विद्यार्थीका छिमेकीहरू, उनका बुबाका साथीहरू, खेलकुद प्रशिक्षकसहितलाई आरोपी बनाइएको छ। तीमध्ये दुई अभियुक्त १७ वर्षका नाबालिग छन् भने अन्य अभियुक्त १९ देखि ४७ वर्षका छन् । यस मामिलामा अहिलेसम्म आठ एफआईआर दर्ता भइसकेको छ। यी उजुरी दुई प्रहरी चौकीमा दर्ता भएका छन् ।

पथनमथिट्टा जिल्लाका डेपुटी एसपी नन्दकुमार एसले बीबीसीलाई भने, ‘एससी-एसटी ऐन र पोक्सो अन्तर्गत पनि मुद्दा दर्ता गरिएको छ, किनकि यी अपराधहरू विगत पाँच वर्षमा भएका हुन्। पीडित त्यतिबेला नाबालिग थिइन्। यसबिचमा तीनवटा सामूहिक बलात्कारका घटना भएका छन् ।’

यस मुद्दामा पीडितका छिमेकी र बाल्यकालका साथीलाई पहिलो आरोपी बनाइएको छ । पीडित विद्यार्थी त्यति बेला १३ वर्षकी थिइन् । यस बाहेक विद्यार्थीको साथी कम्तीमा पनि एउटा सामूहिक बलात्कारका घटनामा संलग्न रहेको आरोप छ ।

पहिलो अभियुक्तको फोनमा यौन दुर्व्यवहार भएको प्रमाण भेटिएको छ, जसलाई प्रयोग गरेर पीडितलाई ब्ल्याकमेल गर्ने, यौन दुर्व्यवहार गर्ने र साथीहरूकोमा यौनशोषणका लागि लैजाने गरेको पाइएको छ।

कुटुम्बश्री ‘स्नेहिता’ कार्यक्रमअन्तर्गत सामुदायिक सल्लाहकारको टोली पीडितको घरमा गएपछि यो कुरा बाहिर आएको हो । त्यसपछि पीडित युवती र उनकी आमा बाल कल्याण समिति अध्यक्षको कार्यालयमा गए, जहाँ पीडितले सबै कुरा खुलाएकी थिइन्।

यसैबिच राष्ट्रिय महिला आयोगले यस विषयमा प्रदेश सरकारसँग तीन दिनभित्र प्रतिवेदन मागेको छ । केरला महिला आयोगले पनि यस मामिलालाई विशेष निगरानी गरिरहेको छ। पीडित बालिका र उनकी आमालाई सुरक्षित स्थानमा लगिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖