• Friday 16th of October 2026

होटलबाट अनैतिक क्रियाकलापमा संलग्न एक जोडी पक्राउ


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न एक जोडी पक्राउ परेको छ ।

आइतबार साँझ अत्तरियामा रहेको हाम्रो सत्कार होटेलबाट अनैतिक क्रियाकलापमा संलग्न एक जोडी पक्राउ परेको हो । गोदावरी नगरपालिका–२ पहाड रोडमा सञ्चालनमा रहेको उक्त होटेलबाट कृष्णपुर नगरपालिकाका २४ वर्षीया निमबहादुर चौधरी र २८ वर्षीया युवतीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गङ्गा बहादुर थापाले युवा युवतीलाई होटलमा कोठा लिएर बन्दै गरेको अवस्थामा यौन धन्दामा संलग्न रहेको आशङ्कामा पक्राउ गरिएको बताए । बाहिरबाट ढाँटेर होटलमा कोठा लिएर गएका रहेछन् ।

होटेल सञ्चालक र यिनीहरू बिच कनेक्सन देखिएन’ उनले भने । दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖