काठमाडौं । तिब्बतमा भूकम्पको अर्को परकम्प मापन गरिएको छ ।
दिङ्गी केन्द्रविन्दु बनाएर आज बेलुका ६ः४२ बजे ५.६ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
परकम्प काठमाडौंलगायत जिल्लामा महसुस भएको छ ।
भूकम्पविद् लोकविजय अधिकारीले पुस २३ गते गएको भूकम्पको परकम्प भएको बताए । तिब्बत भूकम्पपछि परकम्प जाने क्रम रोकिएको छैन ।
