• Friday 16th of October 2026

बैतडीमा सवारी दुर्घटना


  • धनकुटा खबर
  • .

बैतडी ।  बैतडीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जना घाइते भएका छन।

सुर्नया गाउँपालिका–२ पनोला स्थित सतबाँझबाट लिसकिटातर्फ जाँदै गरेको से ५ प ३५७८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ च ००२२ नम्बरको जिप सोमबार एकआपसमा ठोक्किदा मोटरसाइकल चालक सुर्नया गाउँपालिका–२ का २५ वर्षीय दीपक चन्द घाइते घाइते भएका हुन्।

घाइतेलाई उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖