• Friday 16th of October 2026

यसरी महँगो आइसक्रिम पग्लिएपछि भड्किइन् सांसद, पैसा फिर्ता मागिन्


  • धनकुटा खबर
  • .

भारतमा एक रोचक घटना सार्वजनिक भएको छ। तृणमूल कांग्रेसकी सांसद महुआ मोइत्रा स्विगी (अनलाइन डेलिभरी सेवा) सँग भिडेकी छन्। यो कुरा आइसक्रिमसँग जोडिएको छ।

महुआ मोइत्राले एक्समा पोस्ट गर्दै महँगो आइसक्रिम अर्डर गरेको तर त्यो खान नसकिने अवस्थामा आएको भन्दै स्विगीलाई ट्याग गर्दै गुनासो गरेकी छिन्। उनले स्विगीलाई पैसा फिर्ता गर्न वा आइसक्रिम फेरि पठाउन भनेकी छन्। स्विगीले उनको गुनासो स्विकार गर्दै विवरण मागेको छ, तर यो कुरा कसरी सुल्झियो भन्ने बारेमा अझै केही थाहा छैन।

सांसद मोइत्राले बिहीबार राति एक्समा लेखेकी थिइन्, ‘माफ गर्नुहोस् स्विगी, तपाईंले आफ्नो खेल समाप्त गर्नुपर्छ। मैले महँगो माइनस थर्टी स्टिक आइसक्रिम अर्डर गरेँ। यो पग्लिएको थियो र खान योग्य अवस्थामा थिएन। यो सैह्य छैन। कृपया फिर्ता गर्नुहोस् वा सकेसम्म चाँडो अर्को प्रदान गर्नुहोस्।’

स्विगीले उनको अर्डरको विवरण सोध्यो, जुन महुआले तुरुन्तै प्रदान गरिन्। उक्त अर्डरको मूल्य १२२० भारतीय रुपैयाँ थियो, जसमा दश वटा माइनस तीस स्टिक आइसक्रिम समावेश थिए। यस घटनालाई लिएर सामाजिक सञ्जालमा धेरैले टिप्पणी गरेका छन्, कतिपयले स्विगीलाई ग्राहक सेवाको कमजोरी भनेका छन् भने केहीले यसलाई महुआको चर्चामा आउने फन्डा भनेका छन्।

एक प्रयोगकर्ताले लेखे, ‘स्विगीको एपमा कमेन्ट गर्नुको सट्टा यहाँ पोस्ट गर्नुको अर्थ के हो।’ जवाफमा उनले एपमा समस्या समाधान नभएपछि एक्समा गुनासो गर्नुपरेको भनेकी छिन्।

अर्का एक प्रयोगकर्ताले हास्यास्पद टिप्पणी गर्दै लेखे, ‘यो स्विगीका मानिसहरूले गर्ने काम यही हो। आइसक्रिम ल्याउन ढिलाइ गर्दा बिल तिर्नुनपर्ने नभेर संसदबाट विधेयक पारित गर्नुपर्छ।’ उनले त्यसपछिको कुनै अपडेट दिएकी छैनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖