• Friday 16th of October 2026

आगामी वर्षको दशैं असोजमा, ६ गते नै घटस्थापना !


  • धनकुटा खबर
  • .

काठमाण्डौँ । आगामी वर्ष दशैं असोजमै परेको छ । असोज ६ गते घटस्थापना परेको छ ।

२०८१ सालको घटस्थापना असोज १७ गते थियो । २०८२ साल असोज १३ गते फूलपाती र कालरात्री, १४ गते महाअष्टमी, १५ गते महानवमी र २० गते कोजाग्रत पूर्णिमा परेको छ । ०८२ सालको वर्षको दशैं असोजमै शुरू भएर सोही महिना सकिने छ ।

२०८१ सालको भन्दा दुई साताअघि तिहार सरेको छ । तिहारको धनतेरस कात्तिक १ गते परेको छ । कातिक २ गते काग तिहार, ३ गते नरक चतुदर्शी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । यो वर्ष पनि ककुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको थियो ।

विदेशमा रहेका नेपालीले नेपाल आउनका लागि समय तय गर्न, बिहे र व्रतबन्धको साइत जुराउन पञ्चाङ्ग पात्रोको बढी माग गर्ने गरेका छन् । सोही आधारमा समितिले तिथि निकालेको हो । यद्यपि, सार्वजनिक गरेको छैन । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖