• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

चालकले फोन गर्न खोजेपछि प्रहरीले ‘पावर देखाएको ?’ भन्दै निर्घात कुटपिट


  • धनकुटा खबर
  • .

काठमाडौँ । सडकमा चेकिङ गर्दा सर्वसाधारणले आफ्ना मान्छेलाई फोन गरेको आरोपमा कुटपिट गर्ने प्रहरी कर्मचारीमाथि छानबिन थालिएको छ ।

दुई पाङ्ग्रे सवारी रोकेर चेकजाँच गर्दा चालकले फोन गर्न खोजेपछि प्रहरीले ‘पावर देखाएको ?’ भन्दै निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्नेले सो घटना चितवनको भनेका छन् । सो घटनाबारे छानबिन थालिएको चितवनका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए । छानबिनका लागि डीएसपी ज्ञान कुमार महतोको नेतृत्वमा समिति गठन गरिएको छ ।

एसपी मिश्र भन्छन्, ‘घटना चितवनको भनिएको छ, त्यसबारे समितिले तथ्य पत्ता लगाएर प्रतिवेदन दिएपछि संलग्न प्रहरी कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाउँछौँ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖