यहि माघ २ गते एन्जिला खनाल मुग्लिङबाट काठमाडौं आउँदै थिइन्। मुग्लिङमा सवारी साधन बिग्रिएपछि उनले राइड सेयरिङ प्लेटफर्मको इन्ड्राइभ प्रयोग गर्ने निधो गरिन्।
बहिनीसहित आएकी उनले इन्ड्राइभको सिटी टु सिटी सेवा प्रयोग गर्ने निधो गरिन्।
एन्जिला खनाल नाम गरेकी एक युवतीले आफूमाथि अमर्यादित प्रस्ताव गरिएको भन्दै न्यायको माग गरेकी छिन्। मुग्लिनबाट काठमाडौँ आउन बुक गरिएको उक्त प्लेटफर्मको चालकले एक घण्टा बसौँ न ल बरु पैसा लिन्न भन्दै अनुचित प्रस्ताव गरेको खनालको खुलासा रहेको छ।
सामाजिक सञ्जाल टिकटकमार्फत एक भिडिओ सन्देश प्रेशित गर्दै खनालले आफूले सो घटनापछि तत्काल इन्ड्राइभबाट सुरक्षाको प्रत्याभूति नपाएको भनेकी छिन्।
उनले तिनकुने प्रहरीमा उक्त विषयमा उजुरी समेत दिएकी छन्।
