• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

दाङमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु


  • धनकुटा खबर
  • .

दाङ – दाङमा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ कर्जाहीका ६५ वर्षीय निमप्रसाद चौधरी रहेका छन्।

सोमबार बिहान घोराही उपमहानगरपालिका-१३ दारबोटे चोकमा बसपार्कबाट बराह पेट्रोलपम्पतर्फ जाँदै गरेको रा५प ५१७५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖