• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सिमामा संकटकाल


  • धनकुटा खबर
  • .

वासिंगटन डिसी, ८ माघ । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसदको ४७ औं राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरे। ट्रम्पले सत्ता सम्हाल्ने बित्तिकै घरेलुदेखि विदेशसम्म अमेरिकी नीतिमा ठूलो परिवर्तन ल्याउने कुरा गरेका थिए ।

 

सपथपछिको ३० मिनेटको भाषणमा डोनाल्ड ट्रम्पले अमेरिका फर्स्ट नीतिअन्तर्गत जाने बताए । यसै क्रममा ट्रम्पले अमेरिका–मेक्सिको सिमानामा (दक्षिणी सीमा)मा संकटकाल लगाउने कुरा गरेका छन ।

 

उनका अनुसार अब यहाँबाट हुने सबै अवैध प्रवेशलाई प्रतिबन्ध लगाएको छ ।  सरकारले अपराध गर्ने विदेशीलाई स्वदेश फर्काउनेछ । अमेरिका–मेक्सिको सीमानाबाट आउने अवैध आप्रवासीको बढ्दो संख्या अमेरिकी राजनीतिमा ठूलो मुद्दा बनेको थियो  । ट्रम्पले अवैध आप्रवासी र अपराधीहरू यहीँबाट अमेरिका प्रवेश गर्ने दावी गर्दै आएका थिए । ट्रम्पले यो सिमानामा पर्खाल बनाउने कुरा पनि गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖