• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

यौन शौषणको आरोपमा इनड्राईभ चालक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । यौन शौषणको आरोपमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राईभका एक चालक पक्राउ परेका छन् ।

उनलाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ परेको हो । पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका–४ का प्रबिन बराल रहेका छन् ।

इनड्राईभमा चढाएर आफूमाथि शोषण भएको भन्दै एक युवतीले दिएको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चालकलाई अहिले काठमाडौं प्रहरी परिसरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖