• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

गायिका जेरी बनिन् योगमाया सखी, महायज्ञमा कथा वाचन गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ । लोकदोहोरी गायिका बबिता बानिया (जेरी)ले पछिल्लो समय अध्यात्मको बाटो रोजेकी छन् । लाइभ दोहोरीमा जमेकी उनले अहिले आफ्नो परिचय नै फेर्न लागेकी छन्– अर्थात उनले आफूलाई कथाबाचकको रूपमा ‘योगमाया सखी’ को रूपमा चिनाउन लागेकी हुन् ।

उनको पहिलो भागवत कथा वाचनसहितको महायज्ञ हुन लागेको छ । राजधानीको नागार्जुन नगरपालिका १ रानीवनस्थित महादेव मन्दिर परिसरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो । वैदिक सनातन धर्मको सम्वद्र्धन तथा नागभुषण महादेव मन्दिर परिसरको सर्वाङ्गीण भौतिक विकासका लागि योगमाया सखी (जेरी) को वाचनमा महायज्ञ हुन लागेको आयोजकको भनाइ छ ।

श्री नागभूषण मन्दिर संरक्षण तथा सामुदायिक संस्था तथा श्रीमद्भागवत सेवा कुञ्ज नेपाल आयोजक रहेको उक्त सप्ताहको माघ २२ गते उद्घाटन हुनेछ भने माघ ३० गतेसम्म जारी रहने सांस्कृतिक संयोजक बालचन्द्र बरालले जानकारी दिए ।

महायज्ञमा ५ हजारदेखि माथिका दाताहरूको नाम, २५ हजार भन्दा माथिका दाताहरूको सम्पत्तिको नाम र ५० हजारभन्दा माथिका दाताहरूको तीन पुस्तेको नामसहित मन्दिरमा अभिलेखीकरण गरिने आयोजकको भनाइ छ ।

जोरीले करिब डेढ दशकको दोहोरी गायक यात्राका क्रममा निकै चर्चा कमाएकी थिइन् । अहिले भने उनी अध्यात्मतिर ढल्किएकी हुन् । भागवतको दशकसम्म स्वअध्ययन र डेढ वर्ष नेपाल र भारतमा समेत अध्ययन गरेपछि उनी नयाँ परिचयका साथ पहिलो पटक कथा वाचनमा जुटेकी हुन् ।

आयोजकले महायज्ञमा २० हजार भक्तजनको उपस्थिति हुने अपेक्षा गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖